काठमाडौं । निजी तथा आवासीय अर्गनाइजेसन नेपाल(प्याब्सन) ले २०८० सालको एसइई परीक्षामा काठमाडौं जिल्लामा रहेका विद्यालयमध्येबाट औसत उच्चतम जिपिए प्राप्त गर्न सफल इलिक्सर एकेडेमीलाई ‘सर्वोत्कृष्ट विद्यालय सम्मान’ प्रदान गरेको छ ।
सामाजिक शिक्षा र विज्ञान विषयअन्तर्गत सोही विद्यालयका शिक्षकहरूले सर्वोत्कृष्ट विषय शिक्षकको सम्मान प्राप्त गर्नुभएको छ । साथै उच्चतम जिपिए प्राप्त गर्ने विद्यालयका विद्यार्थी आरम्भ बुढाथोकी, कञ्चन भट्ट र सुशान्त श्रेष्ठले सम्मान प्राप्त गरेका विद्यालयले जनाएको छ ।






