काठमाडौं । नेपाल पत्रकार मञ्चले महासंघमा निर्वाचित आफ्ना सदस्यलाई स्वागत एवं सम्मान गरेको छ । मञ्चको सदस्य रहेर नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचितहरूलाई काठमाडौंमा एक विशेष कार्यक्रमबीच स्वागत एवं सम्मान गरिएको हो ।
महासंघको केन्द्रीय सदस्यमा निर्वाचित मनुका कुँवर, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा निर्वाचित रोयल आचार्य, कोषाध्यक्षमा निर्विरोध निर्वाचित राजेन्द्र प्रजापति तथा सदस्यहरूमा निर्वाचित सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धीरेन्द्र तिवारी, रौशन चौधरी, नवीन सिंह नेपाली र सरोज बस्याललाई मञ्चले सम्मान गरेको थियो ।
सो अवसरमा विश्व हिन्दू महासंघको हालै जनकपुरमा सम्पन्न महासम्मेलनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित मञ्चकी सदस्य अस्मिता भण्डारी र राष्ट्रिय फोटो पत्रकार समूहको महासचिवमा निर्वाचित मञ्चका सदस्य घनश्याम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मञ्चका अध्यक्ष युवराज विद्रोहीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा मञ्चका अध्यक्ष विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मतदान गर्न उम्मेदवारहरूबीच जे-जस्तो प्रतिस्पर्धा भए पनि निर्वाचित भएपछि सिंगो पत्रकार महासंघको साझा नेतृत्व बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता