
वासिंटन । क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाको फ्लोरिडामा शुक्रबार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गर्नुभयो । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले १ गोल गर्नुभयो ।
खेलको तेस्रो मिनेटमै रोर्जसले गोल गर्दै मियामिलाई अग्रता दिलाउनुभएको थियो । मियामीका लागि ११औं मिनेटमा गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । टोरोन्टोका लागि इन्सिगले १५औं मिनेटमा गोल गर्दै खेललाई २-१ मा पुर्याउनु भयो । २०औं मिनेटमा मियामीका लागि स्वारेजले गोल गर्दै अग्रता बढाउनुभयो ।
मार्टिनेजले २७औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मियामी १० खेलाडीमा सीमित भएको थियो । टोरोन्टोका इन्सिगले ४१औं मिनेटमा गोल गर्नुभयो । १० खेलाडीमा सीमित मियामीका लागि ५९औं मिनेटमा रोजर्सले अर्को गोल गर्नुभयो । टोरोन्टोका लागि ७९औं मिनेटमा एलेनले गोल गर्दै खेलमा फर्कने कोसिस गरे पनि त्यो सम्भव भएन । मियामीको अन्तिम १६ को खेल १२ अगस्टमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच