
काठमाडौं । राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौं जुटे समृद्धि’ सार्वजनिक गरिएको छ । एकता र सामूहिक प्रयासको महत्वलाई उजागर गरिएको गीत प्रस्तुत गरिएको हो । गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसबाट प्रभावित जनताको दुःखलाई उजागर गर्दै सामूहिक प्रयासले यी चुनौतीलाई पार गरी समृद्धिको नयाँ युग सुरु गर्न सकिने सन्देश दिइएको छ ।
नाजिर हुसेन र केकी अधिकारीको प्रभावशाली अभिनयले सजिएको यस भिडियोले युवाहरूलाई विदेशमा अवसरहरूको खोजी गर्नु सकारात्मक भए तापनि, आफ्नो देशको विकासमा योगदान दिन फर्किनु आवश्यक रहेको सन्देश दिन्छ । सगोत्री आचार्यको शब्दमा सत्यराज स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको यो गीतको भिडियो फिलिप डिसी र सिआर बस्नेतले निर्माण गरेका हुन् भने निर्देशन निकेश खड्काले गर्नुभएको छ ।
समारोहमा राइटपाथ करियर काउन्सिलिङले पूर्वमिस नेपाल अस्मी श्रेष्ठलाई आगामी एक वर्षका लागि सद्भावना दूतको रूपमा नियुक्त गरेको घोषणा पनि गरिएको थियो । यस अवसरमा दुई आधिकारिक टेलिभिजन विज्ञापनहरू पनि अनावरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच