काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई तीनकुनेबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा सहभागी हुन हिँडेका पाँचजना ब्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताउनु भयाे ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो ।
अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।










Video News Post
Breaking News with Advertisements
Breaking news with related posts