काठमाडौं । सन् २०२७ को एसिसी पुरुष एसिया कप बंगलादेशमा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का अनुसार प्रतियोगिता एकदिवसीय ढाँचामा हुनेछ ।
बंगलादेशले पछिल्लोपटक सन् २०१६ मा प्रतियोगिता आयोजना गरेको थियो । सन् २०२५ को एसिया कप भने ट्वान्टी-२० ढँचामा भारतमा हुनेछ । भारत एसिया कपको साबिक विजेता हो । गत संस्करणको फाइनलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।






