नयाँदिल्ली । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो कांस्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा कांस्य पदक जित्नुभएको हो । मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वुन्होलाई १६-१० ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो ।
यसअघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै कांस्य पदक जित्नुभएको हो । पहिलो कास्ंय पदक जितेर उहाँ भारतको ओलम्पिक इतिहासमा सुटिङमा मेडल जित्ने पहिलो खेलाडी बन्नुभएको थियो ।
यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडीसमेत बन्नुभएको छ । यसअघि भारतका लागि पहलवान सुशील कुमार र ब्याडमिन्टन खेलाडी पिभी सिन्धुले दुई ओलम्पिक पदक जिते पनि उहाँहरूले अलग–अलग ओलम्पिकमा जित्नुभएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता