काठमाडाैं - क्यानडाको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहभागी टोरोन्टो नेसनल्स तेस्रो खेलमा पराजित भएको छ। सुरुका दुई खेलमा विजयी भएको टोरोन्टो तेस्रो खेलमा सर्रे ज्यागुअर्ससँग ८० रनले पराजित भएको हो।
सुरुमा ब्याटिङ गरेको सर्रेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो १७.१ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको हो। रोहितले २५ बलको सामना गर्दै मात्र १० रन बनाउनु भयाे । धेरै बलको सामना गरे पनि उहाँले रन जोड्न सक्नुभएन ।
टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन जाेड्नुभयाे । रासी भानले १५ रन जोड्दा निकोलस किर्टनले ११ रन बनाउनु भयाे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सक्नुभएन् ।
तीन खेलबाट चार अंक बनाएको टोरोन्टो तालिकाको दोस्रो स्थामा झरेको छ। टोरोन्टोलाई पराजित गरेको सर्रे भने २ अंकसहित तेस्रो स्थानमा छ।
यता नेपाली दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले भने लगातार तेस्रो पराजय भोगेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts