
काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्नुभए पनि टाेलि पराजित भएकाे छ ।
टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन बनायो।
मोन्ट्रियलविरुद्धको बलिङमा नेपालका सन्दीप लामिछानेले एक विकेट लिनुभयाे । चार ओभर बलिङ गर्नुभएका उहाँले २४ रन खर्चिएर एक विकेट हात पार्नुभएकाे हाे । योसँगै प्रतियोगितामा उहाँले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पार्नुभएकाे छ ।
१४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरका लागि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाउनु भयाे । १५ बलको सामना गर्नुभएका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गर्नुभयाे ।
नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ। यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आइतबार रातिको खेल १० रनले गुमाएको हो। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर ६ विकेटको क्षतिमा १३४ रनमै समेटिएको हो। सन्दीप ब्याटिङतर्फ दुई बलको सामना गरेका सन्दीपले नटआउट १ रन बनाउनु भयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच