काठमाडौं । बाँसुरीको सुरिलो धुनबाट हामी सबै मोहित हुन्छौ । ओठमा राखेर सासले फुकेर औंला चहार्दा निस्कने ध्वनिको श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुनेगर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई ‘वंशी’ पनि भनिन्छ । हिन्दू संस्कृतिमा बाँसुरी र श्रीकृष्ण पर्यायवाची मानिन्छन् । नेपाली संगीतमा सबैभन्दा बढी प्रयोग हुने बाजा पनि बाँसुरी नै हो ।
प्राकृतिक बाजा बाँसुरीबाट आउने धुन निकै मधुर हुन्छ । बाँसुरीका धुन सुन्ने जो कोही मोहित हुन्छन् । बाँसुरी धेरै पहिलादेखि बजाइँदै आइएको भए पनि पण्डित हरि चौरासियालाई यसको माहा गुरुका रूपमा लिइन्छ । नेपाली वरिष्ठ बाधकहरू जीवन आलेमगर, सुशील विश्वकर्मा, मनोज सिंह, जिबी लामा, पञ्च लामा, नगेन्द्र राई, बुद्ध लामा, योगेन्द्र खड्का लगायतका रहनुभएको छ ।
जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु मनमोहनको विशेषता रहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् । उहाँ मिठो धुन निकाल्नुहुन्छ, गीतको भाकामा बजाउँनुहुन्छ । श्रोता/दर्शकहरू मुग्ध हुन्छन् । उहाँले आफ्नो यो कला वाद्यवादनको सिद्धान्त र शैलीसँग जोडनुभएको छ । उहाँको बाँसुरीले धेरैलाई मोहित बनाइरहेको छ र गीतलाई गुञ्जायमान बनाइरहेको छ ।
यस्तैमा कुशल बासुरी बाधकमा आउने नाम हो मनमोहन विश्वकर्मा । उहाँको बाँसुरीले धेरैलाई मोहित बनाइरहेको छ र गीतलाई गुञ्जायमान बनाईरहेको छ । बाल्यकालदेखि नै बाँसुरी भनेपछि हुरुक्कै हुने उहाँ विस्तारै बढ्दै जाँदा कहिल्यै नछुटने नाता गास्यो बाँसुरीसँग । गाउँघरमा उहाँले बजाएको बाँसुरीको तालमा नाच्नेहरूले मनमोहनको हात र गाला चुमे, ढोगे र काँधमा चढाएर माया गरे । यही हौसलाले नै उहाँ यसतर्फ धकेलिनुभयो र यतिबेला कुशल बाँसुरी बाधकका रूपमा स्थापित हुनुहुन्छ । उहाँले तयार गरेका संगीतका धुनहरू सुन्दा विदेशीहरू पनि आकर्षित भएका छन् । सानो उमेरदेखि नै बाँसुरीमा ‘मोह’ बसेपछि बाँसुरी नै मनमोहनको भाग्य चम्काउने माध्यम बनेको छ ।
गोरखाको शहीद लगन गाउँपालिका-८ मा जन्मिनुभएका उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो क्रियशन श्रोता÷दर्शकमाझ पस्किरहनुभएको छ । बासुरीका प्वालहरूमा हात चल्न थालेपछि भोक र निद्रसमेत विर्सिने गरेको बताउने विश्वकर्माको बासुरी मोह निकै रोचक छ । २०६५ सालमा अध्ययनको शिलशिलामा काठमाडौं आउनुभएका मनमोहनको बाँसुरीको प्यासले यो क्षेत्रमा अहोरात्र खटिनुभयो । महेन्द्र रत्न क्यापस ताहाचलमा अध्ययन गर्नेक्रममा उहाँको झोलमा सधै बासुरी हुन्थ्यो । मौका मिल्यो कि उहाँ बजाइ हाल्नुहुन्थ्यो र सबैलाई मख्ख पार्नुहुन्थ्यो । यही क्रममा कलेजमा भएको कार्यक्रममा एक दिन बजाएको बाँसुरीमा सबै प्रभावित भए ।
त्यही रहनुभएका रमेश विश्वकर्माले उहाँलाई ‘बासुरी राम्रो बजाउनुहुँदो रहेछ’ भनेर कामका लागि अफर गर्नुभयो । अनि चावहिलमा रहेको ‘भेटघाट दोहोरी’ मा बासुरी बाध्य बाधका रूपमा मनमोहनले काम गर्न थाल्नुभयो । त्यही नै उहाँकोे संगीतको विद्यालय बन्यो । त्यहाँ उहाँले करिब तीन वर्ष काम गर्नुभयो । काम गर्दै जाँदा उहाँको चर्चा परिचर्चा हुन थाल्यो कुशल बाँसुरी बाधकका रूपमा । अन्यतिर पनि उहाँको माग हुन थाल्यो । त्यही क्रममा मनमोहनले ‘रेलिमाई’, देउराली दोहोरी साँझ’, ‘फेवा दोहोरी साँझ’, ‘दरबार दोहोरी’ लगायतमा बाँसुरी बाधकका रूपमा काग गर्नुभयो र आफूलाई अझ निखारनुभयो ।
पाँच वर्षभन्दा बढी ‘इन्दे्रणी’मा काम गर्नुभएका उहाँ यतिबेला ‘लाइभ दोहोरी’ र भागवततिर व्यस्त हुनुहुन्छ । देशका विभिन्न भागमा हुने मेला महोत्सवमा पनि उहाँको माग भइरहन्छ र पुग्नुहुन्छ बाँसुरी बजाउन । बाँसुरी बजाउन देशका ६८ जिल्ला पुगेको बताउनुहुने उहाँले इन्द्रेणीमार्फत त्रिशूलीको बोटिङमा पनि लाइभ दोहोरीमा बाँसुरी बजाउनुभएको छ । थुप्रै गीतको रेकर्डिङमा बाँसुरी बजाउनुभएको उहाँले तीस जति भजन, चार सयको हाराहारीमा लाइभ दोहोरीमा आफ्नो कला पस्किनुभउको छ । उहाँले यो क्षेत्रमा लागेर थुप्रै मान, सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ ।
जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु मनमोहनको विशेषता रहेको यस क्षेत्रका विज्ञहरू बताउछन् । उहाँ मिठो धुन निकाल्नुहुन्छ, गीतको भाकामा बजाउँनुहुन्छ । श्रोता/दर्शकहरू मुग्ध हुन्छन् । उहाँले आफ्नो यो कला वाद्यवादनको सिद्धान्त र शैलीसँग जोडनुभएको छ ।






