काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’का निर्माता एवं समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यवसायमा हुनुहुन्छ । अनुग्रह बुलियन (ज्वेलरी) शोरूम सञ्चालन गर्दै आउनुभएका राईले तेस्रो शोरूमको रूपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा ल्याउनुभएको छ ।
प्लमष्टिड र अल्डरसटमा दुईवटा शोरूमको सफलतापश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेस्रो आउटलेको रूपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’को भव्य उद्घाटन गर्नुभएको छ । यो उद्घाटन समारोहमा नेपालबाट समेत ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्स अतिथिका रूपमा सहभागी हुनुभएको थियो । यो ज्वेलरी शोरूमको त्यहाँकी मेयर मारा माकुनारूले औपचारिक उद्घघाटन गर्नुभएको हो ।
बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उहाँको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
चलचित्र ‘बर एण्ड बधु’को नयाँ गीत ‘तिमीसँग’को भिडियो लोकापर्ण समारोह सम्पन्न गरेलगत्तै निर्देशक मिलन चाम्स बेलायततर्फ उडनुभएको थियो । शो उद्घाटन समारोहमा ‘गोर्खा वारियर’का निर्माता सुमन राईलाई अनुग्रहको तेस्रो शोरूमको लागि शुभकामना व्यक्त गर्नुभयो । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफू निकै हर्षित भएको उहाँले बताउनुभयो ।
यस्तै दुईवटा शोरूमको सफलतापछि आफूहरूले ग्राहकबाट पाएको अपार मायाका कारण आज अनुग्रहको तेस्रो आउटलेको रूपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफूहरू सफल भएको यसका अध्यक्ष सुमन राईले बताउनुभयो । बेलायतमा यसका अन्य शोरूमहरू खोल्दै जाने योजना उहाँले सुनाउनुभयो । अनुग्रह कम्पनीमार्फत आफूहरूले आधिकारिक बिक्रेताको रूपमा बेलायतका लागि रोलेक्स घडीको बिक्रीवितरण सेवा सुरु गर्न लागेको उहाँले जानकारी गराउनुभयो ।
अनुग्रहण फाउण्डेशनका संस्थापक अध्यक्ष पनि राई नै हुनुहुन्छ । यो फाउण्डेशनमार्फत उहाँले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts