
काठमाडौं । एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । बुधबार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाले थाइल्याण्डलाई १० विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
समूह ‘ए’ बाट साबिक विजेता भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको भारतले पाकिस्तानलाई सात विकेट, युएईलाई ७८ र नेपाललाई ८२ रनले पराजित गरेको थियो । पाकिस्तानले भने नेपाललाई नौ र युएईलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
अर्को समूहबाट श्रीलंकाले शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय ग¥यो । श्रीलंकाले बंगलादेशलाई सात र थाइल्याण्डलाई १० विकेटले पराजित ग¥यो । यस्तै, मलेसियालाई १४४ रनले पाखा लगायो । बंगलादेश समूह उपविजेता बन्यो । बंगलादेशले थाइल्याण्डलाई सात विकेट र मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अब फाइनल प्रवेशका लागि बंगलादेशले समूह ‘ए’ को विजेता भारत र श्रीलंकाले सोही समूहको उपविजेता पाकिस्तानसँग खेल्नेछ । सेमिफाइनलका खेल शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो २ः३० बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनल खेल ७ः३० बजे सुरु हुनेछ । फाइनल खेल आइतबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच