पेरिस । दुईपटकका ओलम्पिक पुरुष एकल च्याम्पियन एण्डी मुर्रेले पेरिस ओलम्पिकपछि सन्न्यास लिने घोषणा गर्नुभएको छ । ‘म आफ्नो अन्तिम टेनिस प्रतियोगिताका लागि पेरिस आइपुगेको छु,’ उहाँले लेख्नुभएको छ ।
पेरिस ओलम्पिकको टेनिस प्रतियोगिता शनिबारदेखि रोलान्ड गार्रोसमा सुरु हुँदैछ । सन् २०१२ को लण्डन ओलम्पिकमा मर्रेले पहिलो स्वर्ण पदक ग्रासकोर्टमा जित्नुभएको थियो । जसमा उहाँले रोजर फेडेररलाई तीन सेटमा हराउनुभएको थियो ।
त्यसपछि सन् २०१६ मा उहाँले रियो दि जेनेरियोको हार्ड कोर्टमा जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै उपाधि जित्नुभएको थियो । मुर्रेको सन् २०१९ मा हिप प्रत्यारोपण गरिएको थियो । एजेन्सी ।






