काठमाडौं । विमल सुवेदीको नाटक ‘हिटलर आउँदैछ’ अमेरिकामा मञ्चन हुने भएको छ । यही नाटकबाट अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यु गर्ने हुनुभएको छ । विमलको निर्देशन रहने नाटक निर्देशक स्वयं र जोयश पाण्डेले लेख्नुभएको हो । वर्षासँगै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गर्नुभयो । यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताउनुभयो ।
कार्यक्रममा विमल सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताउनुभयो । उहाँले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्काशन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी गराउनुभयो ।
नाटक ‘हिटलर आउँदैछ’ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताउनुभयो । उहाँले आफूसँग २० भन्दा बढी देशमा नाटक मञ्चनको अनुभव रहेको सुनाउनुभयो । नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका आयोजकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा