काठमाडौं । चलचित्र ‘नालापानी’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यही साउन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको नयाँ ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । यसअघि साउन १८ का लागि निर्धारण गरिएको यो चलचित्र विद्यार्थीहरूलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको निर्देशक रिमेश अधिकारीले जानकारी गराउनुभयो ।
‘नालापानी फिल्म सम्पूर्ण नेपालीको वीरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली वीरहरूको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ, ’ निर्देशक अधिकारीले भन्नुभयो ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस गंगानारायण फिल्मस र बिजिबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता गणेश कार्की हुनहुन्छ भने कार्यकारी निर्माता घनेन्द्र थपलिया, सहनिर्माता सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ ।
चलचित्रमा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।
रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रमा भिएफएक्स अचुत गजुरेल, सम्पादक बिपिन मल्ल, लेखन रिमेश अधिकारी र कृष्ण आचार्य तथा निर्माता र निर्देशकमा रिमेश अधिकारी रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts