
काठमाडौं । एक्सेलसिया कलेजबाट संगीत अध्ययनार्थ सहभागी हुन चाहने विद्यार्थीको सातौँ वार्षिक अडिसन सम्पन्न भएको छ । एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि सोमबार काठमाडौंमा सातौँ अडिसन सम्पन्न गरेको हो । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई असाधारण अवसर प्राप्त हुने कलेजका प्रतिनिधि बबी अब्राहिमले बताउनुभएको छ । एक सय २० विद्यार्थी सहभागी अडिसन कार्यक्रममा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कको पनि उपस्थिति रहेको थियो । उहाँले एक्सेलसिया कलेजले विगत सात वर्षदेखि आयोजना गरेको अडिसन साँच्चै लक्षित विद्यार्थीका लागि प्रभावकारी देखिएको बताउनुभयो ।
सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवद्र्धन गर्दै आएको छ । कलेजको मिसन नै प्यासनलाई पेशामा बदल्नु रहेको छ । एडुक्वेस्ट नेपालको सहकार्यमा सम्पन्न भएको सातौँ अडिसनका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गरेका थिए ।
१८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थी अडिसनमा सहभागी भएका हुन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डु विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने थियो । अडिसनमा युवा कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्दै १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सफल भएका छन् ।
कलेजले स्नातकमा तीन वर्षको १५ हजार र स्नातकोत्तरमा दुई वर्षको छ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति प्रदान गरेको छ । १२ कक्षा उत्तीर्णका हकमा संगीतको आधारभूत ज्ञान भएको हुनुपर्ने थियो भने ब्याण्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिने मापदण्ड रहेको थियो । व्यक्तिगत प्रस्तुकर्ता भने छुट्टै मूल्यांकनमा सहभागी भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच