काठमाडौं । राप्रपा नेपालले पार्टी महाधिवेशन आउने वर्ष गर्ने भएको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालकाे आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले राजनीतिक कार्यपत्र, संगठन बिभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिबेदन पारित गरेको छ ।






