
नयाँदिल्ली । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीले चाहे सन् २०२७ को एकदिवसीय विश्वकप पनि खेल्न सक्ने बताउनुभएको छ । प्रशिक्षक बनेपछिको पहिलो पत्रकार सम्मेलनमा गम्भीरले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
टी-२० बाट सन्न्यास लिनुभएका रोहित र विराटले एकदिवसीय टोलीमा स्थान पाउनुभएको छ । तर, दुवैको उमेर ३५ वर्षभन्दा माथि पुगिसकेको छ । मुख्य प्रशिक्षक गम्भीरले क्रिकेट खेल्ने या नखेल्ने भन्ने निर्णय यी दुवै खेलाडीको हातमा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘दुवैमा अझै धेरै क्रिकेट खेल्ने जोस बाँकी रहेको र आफ्नो फिटनेस कायम राखे भने निकट भविष्यमा पनि एकदिवसीय र टेस्ट टिमको हिस्सा रहनेछन् ।’
टोलीको सफलतामा उनीहरूले कति समय र कति योगदान दिन सक्छन् भन्ने निर्णय उनीहरूले नै गर्ने उहाँले बताउनुभयो । ‘रोहित र विराट विश्वस्तरका खेलाडी हुन् र अझै पनि योगदान दिन सक्छन्,’ उहाँले भन्नुभयो । भारतले श्रीलंकामा समान तीन खेलको टी-२० र एकदिवसीय शृंखला खेल्दैछ । एकदिवसीय टोलीमा रोहित र विराट अटाउनुभएको छ । गम्भीरको प्रशिक्षणमा भारतले श्रीलंका भ्रमण गर्दैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच