
ग्लास्गो । युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रि-सिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्समाथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गर्नुभयो ।
३९औँ मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिससहित डियालोले सुरुवाती गोल गर्नुभएको थियो । हुगिलले ७०औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित निश्चित गर्नुभएको थियो । युनाइटेडका लागि केही युवा खेलाडीसहित नियमित खेलाडी गोलकिपर आन्द्रे ओनाना, एरन वान विसाका, कासेमिरो, मेसन माउन्ट, जेडन साँन्चोलगायत सुरुवाती रोजाइमा रहेर खेलेका थिए ।
युनाइटेड प्रि-सिजनको पहिलो खेलमा नर्वेजियन टोली रोसेनबोर्गसँग पराजित भएको थियो । अब युनाइटेड थप तीन मैत्रीपूर्ण खेल खेल्न अमेरिका जानेछ । त्यहाँ युनाइटेडले आर्सनल, रियल बेटिस र लिभरपुलसँग खेल्ने तालिका छ ।
अगस्ट १० मा म्यानचेस्टर सिटीविरुद्ध कम्युनिटी सिल्डका लागि प्रतिस्पर्धा गर्दै युनाइटेडको सिजनको औपचारिक सुरुवात हुनेछ । प्रिमियर लिग सिजनको पहिलो खेलमा युनाइटेडले अगस्ट १७ मा फुलहमसँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच