लेभरकुजन । बुन्डेसलिगा च्याम्पियन्स बायर लेभरकुजनले फ्रेन्च फरवार्ड मार्टिन टेरियरलाई अनुबन्ध गरेको छ । लिग वान क्लब स्टेड रेनेसबाट लेभरकुजनले मार्टिनलाई भित्र्याएको हो । उहाँसँग पाँच वर्षको सम्झौता गरिएको छ ।
रेनेसमा चार सिजन बिताउनुभएका उहाँले क्लबलाई पहिलोपटक च्याम्पियन्स लिगमा छनोट गराउन सहयोग गर्नुभएको थियो । टेरियरले लिल, स्ट्रासबर्ग, लियोन र रेनेसका लागि २०२ लिग खेलमा ६० गोल गर्नुभएको छ भने २४ असिस्ट गर्नुभएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता