काठमाडौं । गायक दीपकराज न्यौपाने सांगीतिक प्रस्तुतिका लागि जापान जान लाग्नुभएको छ । गायन क्षेत्रमा दिपु न्यौपानेको नामबाट परिचित उहाँ सांगीतिक कार्यक्रमका चौथोपटक जापान जान लाग्नुभएको हो । त्यहाँ हुने कार्यक्रममा उहाँले आफ्ना गीतहरू प्रस्तुत गर्नुहुनेछ ।
सरु भक्तको शब्द, सुनिल थापाको संगीतमा ‘झ्याल खानैमा’ बोलको गीत गायर सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका दीपकले ‘जाँदै छु प्रिय, किन छोप्यौं मुहार, सकिन मैले, भ्यालेन्टाइन’लगायत दर्जनौं गीत गाउनुभएको छ ।






