काठमाडौं । टेलीशृंखला ‘सक्किगोनी’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने भएको छ । यस सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठ मुख्य भूमिकामा देखिने बताइएको छ । सुदीप बरालको छायांकन रहने यस चलचित्रबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैै हुनुहुन्छ ।
जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले चलचित्रको लेखन तथा निर्देशन गर्नुहुनेछ । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सहनिर्माताका रूपमा रहनुभएको छ ।
सक्किगोनी टिमबाट को-को कलाकार रहने र अन्य कलाकारहरू विस्तारै सार्वजनिक गरिने बताइएको छ । चलचित्रको निर्माण घोषणा कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यदेखि दीपाश्री निरौला, प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मालगायतका चलचित्रकर्मीको उपस्थिति थियो ।






