
पेरिस । कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ । लोजानोलाई सन् २०२६ को विश्वकपसम्म सहायक प्रशिक्षकका रूपमा काम गर्ने मौका दिइएको थियो । तर, ४५ वर्षीय लोजानोले प्रस्ताव अस्वीकार गर्नुभयो ।
मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ । ‘लोजानो हामीसँग रहन चाहँदैनन् । हामी उनको निर्णयको सम्मान गर्दछौं,’ मेक्सिको फुटबल महासंघ (एफएमएफ)ले मंगलबार भनेको छ । लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्डकपको उपाधि जिताउनुभएको थियो भने यसै वर्षको सुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्याउनुभएको थियो ।
मेक्सिकोका पूर्वअन्तर्राष्ट्रिय खेलाडीले आफ्नो कार्यकालमा १० जित, चार बराबरी र सात हार बेहोर्नुभएको थियो । सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका लोजानोको स्थानमा जेभियर अगुइरेले तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच