
एजेन्सी । अर्जेन्टिना तथा प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज विवादमा तानिनुभएको छ । आफ्नै साथीविरुद्ध रंगभेदी र भेदभावपूर्ण नारा लगाएको आरोपमा उहाँ विवादमा तानिनुभएको हो । जसको अहिले अनुसन्धान भइरहेको छ । उहाँ र अर्जेन्टिनाको खेलाडी मिलेर फ्रान्सको खेलाडीका बारेमा गाएको भिडियो गीत अहिले भाइरल भएको हो ।
फ्रान्स तथा चेल्सीकै खेलाडी वेस्ली फोफानाले यसको विरोध गर्नुभएको छ । उहाँले यो नश्लवाद भएको बताउनुभएको छ । आइतबार भएको फाइनलमा कोलम्बियालाई १-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । खुसीयाली मनाइरहेका फर्नान्डेजले सामाजिक सञ्जालमा पोस्ट गरेको लाइभ भिडियोबारे फ्रान्स एफले अर्जेन्टिनी फुटबल संघ (एएफए)सँग पनि सम्पर्क गर्नेछ ।
सन् २०१८ को फिफा विश्वकपमा अर्जेन्टिना फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै घर फर्किएको थियो । तर, सन् २०२२ मा भएको फिफा विश्वकपमा भने अर्जेन्टिनाले फ्रान्सलाई नै हराउँदै उपाधि जितेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच