✍️ खिमानन्द आचार्य
नेपाली साहित्यका चार विधा नाटक, निबन्ध, आख्यान र कवितामध्ये आख्यान-उपन्यास विधा नविनत्तम विधा हो । पहिले-पहिले लेखिने पद्यात्मक यस काव्यको स्थान लिन संघर्षरत भए तापनि रस मार्धुयताका दृष्टिकोणले परिपक्क हुन अझै बाँकी हो किजस्तो आत्मानुभूति हुन्छ । अन्याश शब्दको व्युत्पत्ति ‘उप+नि+अस+घञ्’ बाट गरिन्छ । अक्ष धातुमा उप र नि उपसर्ग तथा घञ् प्रत्यय लागेर बनेको उपन्यास शब्दले मानिसको नजिक बस्तु बुझाउँछ । यथार्थमा उपन्यास जीवनको नजिक रहेको विधा हो । जसमा मानव जीवनको मुटु छाम्ने प्रयत्न हुन्छ ।
सो क्रममा पात्रहरू गाउँछन्, नाच्छन्, रुन्छन्, अन्तर मनका पीडाहरू, खुशीहरू, उल्लासमय भावभंगी प्रस्तुत गर्दछन् । र, चरमोत्कर्षको अनुभूति, कुण्ठा, रहस्य उद्घाटन हुनाले पाठकलाई पढौं-पढौं लाग्दछ । पूर्वीय संस्कृत साहित्यमा आदि आचार्य भरतमुनिको नाट्यशास्त्र यता संस्कृत साहित्यमा आख्यान मानिएका गद्य रचना पाइन्छन् । त्यस्ता रचनाहरुमा वाण भट्टको कादम्वरी, दण्डीको दशकुमार चरित्र रचना पाइए तापनि त्यसले अर्थ बोक्न नसकेको प्रतित हुन्छ ।
पाश्चात्य साहित्यमा उपन्याश शब्द अंग्रेजी नोभल प्राचीन इटालेलीको ‘नोभेला’ तथा प्राचिन फ्रेन्चको ‘नोभेल’ शब्दबाट बनेको पाइन्छ । पाश्चात्य मुलुकहरुमा पनि विभिन्न ठाउँ परिवेश, विद्वानका आ-आफ्ना मतभेद रहेका छन् त्यस्तै उपन्यासको परिभाषाका सन्दर्भमा विभिन्न विद्वानका आ-आफ्नै परिभाषा पाइन्छन् ।
डा.हर्वट मूलद भन्दछन्- मानव अनुभवको ययार्थ वा आदर्श निरुपण हो उपन्यास ‘द न्यू इन्साई क्लोपिडीया’ उल्लेख भए अनुसार मानवीय अनुभवलाई कल्पनाको सहायताबाट वर्णनात्मक ढंगले घटनाको क्रमबद्ध अभिव्यक्ति भएको साहित्यिक गद्य विधालाई उपन्यास भनिन्छ ।
नेपाली साहित्यमा उपन्यास विधालाई निम्न लिखित प्रकारमा विभाजन गरिएको पाइन्छ । (१) सामाजिक (२) ऐतिहासिक (३) मनोवैज्ञानिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, दार्शनिक, वैचारिक, रहस्य, रोमान्समूलक, अन्यलाई विविधता राखिएको पाइन्छ । भने उपन्यासलाई मूलतः निम्न लिखित तत्व समावेश भएको हुनुपर्ने बताइन्छ । (क) कथानक (ख) सहभागी (ग) परिवेश (घ) उद्देश्य (ङ) दृष्टिविन्दु, (च) भाषा, शैली र नेपाली उपन्यासको विकास प्रक्रिया काल विभाजन यसप्रकार छ- प्राथमिककाल सुरुदेखि १९४५ सम्म,१९४६ देखि १९९० सम्म, १९९१ देखि हालसम्म भन्नाले १९९१ देखि २०१५ सम्म प्रथम चरण, १६ देखि २७ सम्म दोस्रो चरण, तेस्रो चरण २०२१ देखि २०३५ सम्म चौथो चरणमा २०३६ देखि हालसम्मका उपन्यास पर्दछन् । यही चौथो चरण नेपाली उपन्यास जगतमा पाइला टेकेको उपन्यास हो-हरिराज भट्टराईको शार्दूली उपन्यास ।
शार्दूली उपन्यास हरिराज भट्टराईद्वारा नेपाली साहित्यमा प्रस्तुत भएको रचना हो । झट्ट हेर्दा न कभरले दिएको सन्देश सजिलै अर्थिन सक्छ न त उमंगको बहार । १६६ पेजमा प्रस्तुत भएको विषय बस्तुले मानवीय संवेदनलाई उजागर पार्ने प्रत्न भएको छ । द्वन्द्वकालीन परिस्थितिले सिर्जना गरेका घाउहरु र त्यसबाट उत्पन्न परिस्थितिले सिर्जना गरेका घाउहरु र त्यसबाट उत्पन्न विकराल परिस्थितिले मानवता प्रतिको सद्भाव र सहृदयता प्रस्तुत भएको छ ।
देशमा देशी वा विदेशी तत्वहरूले छद्म भेषमा उत्पन्न गराएको परिस्थिति, त्यसबाट उत्पन्न हुन गएको देशको अवस्थाको बारेमा उपन्यासको चिन्तन रहेको छ । स्मृति दैलो उघारेको उपन्यासको भाव भूमि मिथिलाञ्चलको भएको प्रतित हुन्छ । विशद रूपमा राष्ट्रले भोग्नु परेको विसंगतिलाई यथासम्भव प्रस्तुत गर्न सफल भएको पाइन्छ । प्रारम्भमा रहस्यमय देखिएको कथात्मक वर्णन अन्त्य पनि रहस्यमय भई टुंगिन्छ । उपन्यासकार भट्टराई आफंैमा एक बौद्धिक व्यक्तित्व भएको हुनाले उहाँलाई राष्ट्र दुःखेको छ । नागरिकले भोग्नु परेको पिडा, लुटिएका, बेचिएका छेद-विछेद जन जीवनको अवस्थाले उपन्यासकारको हृदय छिया छिया भएको छ ।
सुव्यवस्थित रूपले चलिरहेको आफ्नो देशको जर्जर अवस्था ल्याउनमा देशी र विदेशी तत्वहरुको विशेष भूमिका रहेको, यथार्थता उपन्यासकारले स्पष्ट रूपमा व्यक्त गरेका छन् । कतै त उपन्यासमा रूमानी प्रेमको स्वाद चाख्न पाइन्छ । आदर, सम्मान, मान मर्यादाले सिमा नाघेमा समाज यर्थाथभन्दा टाढा पुग्ने उपन्यासकारको मत रहेको छ । समाजमा देखिएका विकृति र विसंगति पर्गेल्दै कता-कता मिथकिय रहस्य तर्फ उन्मुख भएको पाइन्छ । समग्रमा विचारको प्रस्तुति दिनुसँगै राष्ट्रप्रतिको माया प्रगाढ भएको पाइन्छ । अस्तु







Breaking news with related posts