गर्यौ अक्षरका खेती भाषा खासा बनाउँदै ।
भक्ति हास्य र शृङ्गार वीरमा गड्गडाउँदै ।।
१
मर्यादा रामको गाथा घन्के भोट मधेसमा ।
पहाडी झरना बन्दै हान्निए परदेशमा ।।
२
भोलि भोलि भनी टार्ने अड्डाका जो प्रशासक ।
तिनैका ढाडमा सिस्नुु झप्कायौ काव्य नायक !!
३
चपला अबला हेर्दै फोटो खिचेर लेखनी ।
तन्दुुरुस्त बनी खुुल्थे गलामा मुुग्ध मोहनी ।।
४
व्यञ्जना लक्षणा घोल्दै चखायौ दृष्टि दर्शन ।
भाषा शिष्ट सफा पारी खोल्थ्यो काव्यिक गर्जन ।।
५
रच्यौ मानक भाषामा नाना काव्य मनोहर ।
भाषामा एकता ल्याई गरायौ देशको जय ।
६
वाल्मीकि तुलसीदास व्यास गेटे र चाैंसर—
जस्तै, भानुु बनी झुुल्क्यौ उच्च नेपाल गौरव ।।
७
राष्ट्रको एकता दीप बाल्यौ भाषा सुुसारले ।
एकीकृत भयो भाषा पुुज्दछौँ पुुष्पहारले ।।
८
समाप्तम् !
भाषाभक्त आदिकवि भानुुभक्त !
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






