नयाँदिल्ली । रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छोड्नुभएको छ । अस्ट्रेलियाका पूर्वकप्तानले आइपिएल २०२५ अगाडिको मेगा लिलामीअघि नै फ्रेन्चाइजीसँगको आफ्नो सात वर्षको सम्बन्ध अन्त्य गर्नुभएको हो । दिल्लीले अपेक्षित नतिजा हासिल गर्न असफल भएपछि मालिकहरूले नयाँ प्रशिक्षकसँग अगाडि बढ्ने निर्णय गरेको बताइएको छ ।
पोन्टिङले सन् २०१८ मा दिल्लीको मुख्य प्रशिक्षकका रूपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँ दिल्लीसँग सात आइपिएल सिजनहरूको हिस्सा रहनुभयो । आफ्नो पहिलो सिजन प्रशिक्षकका रूपमा उहाँले लिगमा अन्तिम स्थानमा चित्त बुझाउनुपरेको थियो । तर, त्यसपछि सन् २०१९, २०२० र २०२१ मा टोली प्लेअफका लागि छनोट भएको थियो ।
सन् २०२० मा दिल्ली पहिलोपटक आइपिएल फाइनलमा पुगेको थियो तर टोली मुम्बई इण्डियन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बन्यो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts