लण्डन । इंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिजमा विजयी सुरुवात गरेको छ । वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डले एक इनिङ र ११४ रनले जित हासिल गरेको हो । टेष्टमा वेष्ट इण्डिजले पहिला ब्याटिङ गर्दै १२१ रन बनाएको थियो भने इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा ३७१ रन बनाएको थियो ।
टेष्टको तेस्रो दिन वेष्ट इण्डिज आफ्नो दोस्रो इनिङमा १३६ रनमात्र बनाएर अल आउट भएपछि इंग्ल्याण्ड एक इनिङ र ११४ रनले विजयी भएको हो । यो खेलमा खेलेसँगै इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अलबिदा गर्नुभएको छ ।
४१ वर्षीय एण्डरसनले यस टेष्टको पहिलो इनिङमा एक र दोस्रो इनिङमा ३ विकेट लिनुभएको थियो । उहाँले इंग्ल्याण्डका लागि कुल १८७ टेष्ट खेल्दै ७०४ विकेट लिनुभयो । उहाँ टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने तीव्रगतिका बलर पनि हुनुहुन्छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा