डोल्फु गाउँबाट लुटिएका सामानहरु बरामद, तिन जना पक्राउ

निर्पेन्द्रबहादुर मल्ल
Pakrau-Mugu
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । नेपाल प्रहरीले मुगु स्थित डोल्फु गाउँबाट लुटिएका थप बहुमुल्य सामानहरु बरामद गरेको छ ।

गत जेठ १२ गते लुटेरा समुहले अत्याधुनिक हतियार देखाइ डोल्फु गाउँका २४ घरहरु र १ सार्वजनिक गुम्वाबाट नगद, सुन, चाँदी, मुर्ती, बहुमुक्य सरसामान, गहना र यार्सागुम्वा लुटेर लगेका थिए ।

लुटेरा समुहमा संग्लग्न ८ जना मध्य नेपाल प्रहरीले ३ जनालाई एक महिना पछि पक्राउ गरि उनिहरुबाट बरामद हतियार, बहुमुल्य सामानसहित आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान वाकिटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका थिए ।

यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुन कै माडुली २ थान (विक्री गरेपश्चात् जुम्ला प्रहरी मार्फत बरामद) पनि बरामत गरेको थियो ।

जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा नं. ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पुर्णप्रसाद भण्डारी र वडा नं. ४ का कमल थापाकाे घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।

ADVERTISEMENT

नेपाल प्रहरीकाअनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगी यो समुहले यार्सा संकलक तथा व्यापारीहरुबाटसमेत यार्सागुम्बा लुट्दै आएको थियो ।

डोल्फु गाउँमा लुट्न संलग्न अन्य ५ जना मध्य फरार रहेका जुम्ला गुठिचौर गाउँपालिका-३ बस्ने धन प्रसाद भण्डारीलाई खोज तलास गर्ने क्रममा भण्डारी कै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा लुटिएका थप बहुमुल्य सामानहरु २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनु भयो ।

प्रनाउ थापाकाअनुसार संयुक्त प्रहरी टोलीले चाँदीका सिक्काको माला २ वटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी ४ वटा, माला मोति दाना ३५ वटा, पहिलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामद गरेको छ ।

यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला, सुनको तीन टुक्रा रिङ्ग ० दशमलव ४९५ तोला, सुनको चेन टुक्रा ० दशमलव ५१६ तोला, चाँदीको हुक्काको टुक्रा ३ तोला, चाँदी र तामाको हुक्काको टुक्रा १ तोला,चाँदीको लकेट माला ५ थान, चाँदीको टुक्रा ६ दशमलव ९७ तोला, सानो खाले रातो मुगा ३२ दशमलव ९१० तोला, तामा तारको टुक्रा ० दशमलव १९९ तोला र ढुङ्गा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामत गरेको बताएको छ ।

लुटेरा समुहले डोल्फु गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मुर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानियहरुले प्रहरीमा दिएको जाहेरीमा उल्केख गरिएकाले अझै धेरै वहुमुल्य सामान, नगद र यार्सागुम्बा भेटाउन सकिएको छैन । लुटिएका बाँकी बहुमुल्य सामान र यार्सागुम्बा र फरार व्यक्तिहरुको खोजीका लागि प्रहरीले सबै तिर आफ्ना संयन्त्रहरु परिचालन गरिएको र छिट्टै फरार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने प्रनाउ विरेन्द्र थापाले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *