काठमाडौं । आइएचएफ ट्रफीमा भाग लिन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली हृयाण्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गरेको छ । जुलाई १० देखि १४ सम्म हुने दक्षिण एसियालीस्तरको हृयाण्डबल प्रतियोगितामा नेपालले पुरुष यू-१८ र यू-२० उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ ।
यू-१८ टोलीमा सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, निरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा हुनुहुन्छ ।
यस्तै, यू-२० टोलीमा प्रलेश गुरुङ, सुदीप घले, निशान परियार, मनिषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राना, दविन जुग्जाली पुन, मिलन खवास, मनिष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दिपेश खड्का र सुमित राणा रहनुभएको छ ।
टोलीको नेतृत्व नेपाल हृयाण्डबल संघकी संयोजक कुसुमकुमारी श्रेष्ठले गर्नुहुनेछ । प्रशिक्षकमा विन्दाकुमारी महाराजी, कृष्णबहादुर शाक्य, विशाल बस्नेत र दिनेश श्रेष्ठ हुनुहुन्छ ।
टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका उप-महासचिव पिताम्बर तिम्सिनाले बिदाइ गर्नुभएको थियो ।
सदस्य-सचिव घिसिङले उमेर समूहको प्रतियोगितामा जोड दिएकाले राष्ट्रिय टिम बलियो हुने धारणा व्यक्त गर्दै उच्च प्रदर्शनका लागि खेलाडीको हौसला बढाउनुभएको थियो । प्रशिक्षक महाराजीका अनुसार दुवै समूहमा चार-चार राष्ट्रको सहभागिता रहनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा