काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले ‘एभरेष्ट महिला भलिबल लिग’ को स्वीकृति दिएको छ । शुक्रबार इन्फिनिटी ड्रिम्स प्रालिलाई आधिकारिक रूपमा लिग सञ्चालनको स्वीकृति दिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इन्फिनिटी ड्रिम्स प्रालिलाई देशभर लिग आयोजना गर्ने अधिकार दिइएको जानकारी दिनुभयो ।
यो लिगमा पहिलो वर्ष ६ फ्रेन्चाइज टिम हुनेछ भने अर्को वर्ष आठ टिम हुनेछ । लिग गर्नका लागि इन्फिनिटीले भलिबल संघलाई २५ लाख दिनेछ ।
सुरुको तीन वर्षमा २५ लाखमा १० प्रतिशत र त्यसपछि २० प्रतिशत थपिने जनाइएको छ । साथै, उहाँले देशका महिलाहरूलाई भलिबलमार्फत सशक्त बनाउने कार्यक्रममा सँगै हिँड्ने चन्दले प्रतिबद्धता जनाउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता