काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३० असारदेखि यू-१८ युथ लिग सञ्चालन गर्दैछ । लिगमा शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने १४ मध्ये १२ क्लबका युवा टोली सहभागी हुनेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगको खेलतालिका छिट्टै सार्वजनिक गर्ने एन्फाले जनाएको छ ।
लिगमा एपिएफ, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । ‘ए’ डिभिजनमा रहेका हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले सहभागिता नजनाउने भएका छन् ।
एन्फाले यसअघि एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा ललित स्मृति यू-१८ नकआउट फुटबल प्रतियोगिता गर्दै आएको थियो । तर, पछिल्ला केही वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन गरेको छैन ।
पहिलोपटक आयोजना हुन लागेको एन्फा यू-१८ लिग डबल राउण्ड रोविन प्रणालीमा हुनेछ । यसको अर्थ सहभागी १२ वटै टोलीले प्रत्येक टोलीसँग दुई-दुई खेल खेल्नेछन् । एक टोलीले कुल २२ खेल खेल्नेछ । लिगमा कुल १३२ खेल हुनेछ । यू-१८ लिगलाई ६ महिनासम्म सञ्चालन गर्ने एन्फाको तयारी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा