काठमाडौं । इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता आज (शनिबार) हुने भएको छ । प्रतियोगितामा १२८ खेलाडीको सहभागिता रहने आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष सुमन खड्गीले जानकारी गराउनुभयो ।
सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा एक मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी रहन सक्नेछन् ।
शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः ४० हजार, ३० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट दुई खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत हुनेछन् ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोगमा हुन लागेको एकदिने प्रतियोगिताका खेलहरू महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा खेलाइने छ । प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले उद्घाटन गर्ने कार्यक्रम छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता