भोजपुर । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय भोजपुरको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौंबाट आउनु भएका प्रहरी नायव महानिरीक्षक भट्टराईले जिल्ला प्रहरी कार्यालय मातहतको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, हिरासत कक्ष, बाल निग्रानी कक्ष, उजुरी छानबिन तथा सामुदायिक शाखा, अन्तरवार्ता कक्ष लगायतका शाखाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोक्रममा प्रहरी नायव महानिरीक्षक भट्टराईले नागरिकको सेवालाई प्रभावकारी बनाउँदै अपराध रहित समाज निर्माणमा भुमिका निर्वाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts