काठमाडौं । ब्रिटिस युवा टेनिस स्टार इम्मा राडुकानु विम्बल्डनको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । उहाँले वाइल्ड कार्डबाट प्रतियोगितामा सहभागिताको अवसर पाउनुभएको थियो । राडुकानुले बेल्जियमकी एलिसे मार्टेन्सविरुद्ध सोझो सेटमा जित निकाल्दै तेस्रो चरणमा स्थान बनाउन सफल हुनुभएको हो ।
उहाँ मार्टेन्सविरुद्ध ६-१ र ६-२ को सेटमा विजयी हुनुभयो । सन् २०२१ मा युएस ओपन जितेयता राडुकानु पहिलोपटक ग्राण्डस्लामको तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।
विश्व वरीयताको १३५औँ स्थानमा रहनुभएकी राडुकानुले अब चौथो चरणमा प्रवेशका निम्ति ग्रिसकी मारिया साकारियाविरुद्ध खेल्नुहुनेछ । नवौँ वरीयताकी साकारियाले दोस्रो चरणमा नेदरल्याण्ड्सकी अरान्सा रसविरुद्ध ७-५ र ६-३ को सोझो सेटमा जित निकाल्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts