काठमाडौं । नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको सशस्त्र गण नक्सालमा कार्यरत (तत्कालीन) प्रहरी निरीक्षक विष्टले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर प्रहरीको जागिर खाएको आरोप–पत्रमा उल्लेख छ ।
उनले नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा २०५५ कात्तिक १ गते नियुक्ति लिएको आरोप-पत्रमा उल्लेख छ ।
विष्टले त्यसपछि विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले भ्रष्टाचार मुद्दा दायर गर्नुपरेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts