रत्ननगरका सात जना सेवा निवृत्त कर्मचारीलाई सम्मान

होमनाथ सापकोटा चितवन, संवाददाता

चितवन । चितवनकाे रत्ननगर नगरपालिकाले सेवा निवृत्त भएका सात जना कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरेको छ ।

संस्थागत क्षमता विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सात जना कर्मचारीलाई बिदाइ गरिएको हो ।

सम्मानित हुनेहरुमा पशु विकास अधिकृत शालिकराम पौडेल, शिक्षा शाखाका अधिकृत राजेन्द्रप्रसाद अर्याल, जयन्तीदेवी रानाभाट, कुमारी राधा चौधरी, नगर प्रहरी नामब निरीक्षक हिमाल खड्का, सरसफाइकर्मी गोमादेवी घर्ती र चिजामाया दमै रहेका छन् ।

सबै कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरिएको थियो भने सरसफाइकर्मी दमैलाई नगद ५० हजार रुपैयाँसहित बिदाइ गरिएको हो ।

ADVERTISEMENT

३८ वर्ष निजामती सेवा गरी अवकाश भएका पशु विकास अधिकृत पौडेलले आफूले चितवनका हरेक वडामा पुगेर किसानका समस्या समाधान गरेको स्मरण गर्दै सरकारी सेवा कालमा कोही कसैसँग अनुचित कार्य नगरेको बताउनुभयाे। सेवा कालपश्चात् समाजसेवामा सक्रिय हुने उहाँले बताउनुभयाे ।

यस्तै २०५५ साउन ४ देखि सरकारी सेवामा प्रवेश गरी २०७४ असोज २ देखि रत्ननगरमा समायोजन भई १० महिना शिक्षा शाखाको प्रमुख भई काम गरेको र रत्ननगरको शिक्षा क्षेत्रमा नमुना कार्य गरेको अनुभव उहाँले बताए । रत्ननगरले आवश्यक ठाने आफ्नो अनुभव र ज्ञान सधैँ दिन तत्पर रहेको बताउनुभयाे।

प्रशासन शाखाका प्रमुख सविता अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रलाद सापकोटाले कर्मचारीलाई जनप्रतिनिधिले शासन होइन व्यवस्थापन गर्दै समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयाे । कर्मचारीलाई सम्मान गर्दै नगरलाई सुशासनमा अगाडि बढाउन र जनतालाई सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभयाे ।

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?