काठमाडाैं । भारतको उज्जैनमा भएको अन्तर्राष्ट्रिय ज्योतिष, तन्त्र तथा वास्तु महाधिवेशनमा आचार्य प्रज्ज्वल कोइराला सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्योतिष, तन्त्र एवम् वास्तु सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्र खोजकर्ता आचार्य प्रज्वल कोइराला सम्मानित भएका छन् । २१/ २२ डिसेम्बर२०२४ भारतको उज्जैनमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष तन्त्र तथा वास्तु महाधिवेशनमा कोइराला दैवज्ञ शिरोमणि २०२४ जस्तो गरिमामय अवार्डसहित सम्मानित हुनुभएको हाे ।
महाराजा विक्रमादित्य अनुसन्धान संस्थान, आचार्य वराहमिहिर ट्रस्ट डोंगला परियोजना, सम्राट विक्रमादित्य एकेडेमिक काउन्सिल, अश्विनी अनुसन्धान संस्थान, महिदपुर, पूर्णश्री फाउन्डेशन, उज्जैन र शंखद्वार अनुसन्धान संस्थान, दक्षिण एसियाली ज्योतिष महासंघको संयुक्त आयोजनामा भएको द्वितीय दिवसीय अन्तर्राष्ट्रिय ज्योतिष तन्त्र एवं वास्तु महाधिवेशन सम्पन्न भएको थियो । कोइराला दक्षिण एसियाली ज्योतिष महासंघ, अन्तर्राष्ट्रिय समितिका केन्द्रीय पधाधिकारी पनि हुनुहुन्छ ।
कार्यक्रमा मध्य प्रदेशका मुख्य मन्त्री डा.मोहन यादवले उद्घाटन गर्नुभएको थियो भने सो सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिलाईसमेत सम्मान गरिएको थियो ।






