ललितपुर । ललितपुर महानगरपालिका-१८ सैंबु भञ्ज्याङस्थित श्री बालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वन क्षेत्रको सरसफाइ गरेको छ । डिभिजन वन कार्यालय र मच्छिन्द्र सव डिभिजन वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा दुई हेक्टर सल्लाको वनक्षेत्रको सफाई गरिएको थियो ।
सरसफाइ कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सव डिभिजन वन कार्यालयका प्रमुख अनुपा घिमिरे, वडा नं १८ का अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको सरसफाइ कार्यक्रममा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सहयोग गरिहेको नेप्से म्याकले फोहोर ढुवानी र व्यवस्थापन गरेको थियो ।
सफाइ कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख भण्डारीले महानगर क्षेत्रमा रहेको श्री वालकुमारी वनक्षेत्रको संरक्षण गर्न आहृवान गर्नुभयो । उहाँले पर्यापर्यटन क्षेत्र विकासको लागि कार्यालयले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रमध्ये शनिबार दुई हेक्टर क्षेत्रको पूर्ण सरसफाइ गरिएको थियो । सफाई कार्यक्रममा श्री बालकुमारी सृजना क्लब, बालकुमारी आधारभूत विद्यालय, निर्मल, अस्मिता र श्रीकुल बोर्डिङ स्कुलका शिक्षक र विद्यार्थीको सहभागिता थियो । त्यस्तै, स्थानीय सिद्देश्वर र वत्सलादेवी महिला समूह, श्री बालकुमारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, विभिन्न गुठी, बालकुमारी क्लबका पूर्वअध्यक्ष लगायतको उपस्थिति थियो । सरसफाइ कार्यक्रममा करिब दुई ट्रक फोहोर संकलन भएको वन समूहका अध्यक्ष किशोर कुँवरले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts