काठमाडौं । ‘इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसिएटमा काठमाडौमा एक विशेष र भव्य रूपमा उक्त समारोह सम्पन्न भएको हो ।
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल, भारत, युकेबाट सहभागिता जनाएका अतिथिजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तिहरू सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरूका साथै सयांै व्यक्तिको उपस्थिति थियो । कला साहित्य र संस्कृतिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब चार दर्जन बढी प्रतिष्ठित व्यक्तिलाई उक्त अवार्ड प्रदान गरिएको थियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढी व्यक्तित्वहरूले अवार्ड प्राप्त गरे ।
नेपालका चर्चित कलाकारहरू गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुति रहेको समारोहमा भारतीय कत्थक डान्सरहरूको नृत्य र नेपाल–भारतका ¥याम्प मोडलहरूले दुवै देशको संस्कृति झल्कने पहिरनबाट ¥याम्प शोसमेत गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि उपसभामुख रानाले यस्ता कार्यक्रमबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुवै देशको संस्कृति प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो । दुई छिमेकी मुलुकको सांस्कृतिक सम्बद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवादसमेत दिनुभयो ।
यस्तै उक्त समारोहमा बलिउड अभिनेत्री जय प्रदालाई भव्य सम्मानसमेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेशकुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गर्नुभएको थियो । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोस्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफू निकै हर्षित भएको भन्दै खुशीसमेत व्यक्त गर्नुभयो ।
यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलगायतलाई आफ्नो तर्फबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी, अभिनेत्रीत्रय बसुन्धारा भुसाल, चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी, राजाराम पौडेल, उत्तम केसी, देविका बन्दना, संगीतकार शम्भुजित बास्कोटा, राजु सिंह, नारायण प्रधानका साथै अभिनेता सरोज खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतीय गुगल आन्टी ७९, प्रिमिला हिंगोरोनी, युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतीय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यवसायी एवं सामाजिक अभियान्ता डा.अनुप शर्मा भारतीय चर्चित डान्सर हिमांशु द्विवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा.अर्पणा शाह, चेम्बरका पदाधिकारी, पर्यटनविद्, संस्कृतिविदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिनुभएको थियो । उहाँको नृत्यमा उपस्थित दर्शकहरूले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए । सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाइनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुइँटेललगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप ऊर्जा मिलेको बताउनुभयो ।
अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि दुई दिने नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँसहित भारतबाट करिब चार दर्जन बढी व्यक्तित्वहरूको सहभागिता थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता