चालु आर्थिक वर्षका विकास योजनाहरु निर्माणको अन्तिम चरणमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । चालु आर्थिक वर्ष २०८०/८१ का लागि म्याग्दीमा संचालित विकास योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीको अगुवाइमा जिल्लाका विभिन्न पालिकाहरुमा संचालित विकास योजनाहरुको अनुगमन र निरिक्षण गर्दा विकास योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका पाइएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

मंगलवार पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुममा सञ्चालित खानेपानी, सडक र स्वास्थ्य चौकी निर्माण योजनाहरुको अनुगमन गर्दा यहाँका योजनाहरु पनि कतिपय सम्पन्न भइसकेका र कति योजनाहरु अन्तिम चरणमा पुगेका पाइएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा गएको टोलीले मालिका गाउँपालिका रुम क्षेत्रमा सञ्चालीत योजनाहरुको अनुगमन गरेको थियो । थापा नेतृत्वको टोलीले विलबाङ खानेपानी तथा सरसफाइ आयोजना, ठूलो रुम खानेपानी तथा सरसफाइ आयोजना, अधिवरा टाक्से रुम खबाङ ताराखोला सडक स्तरोन्नती, कलात भनारी खानेपानी तथा सरसफाइ आयोजना र रुम स्वास्थ्य चौकीको अनुगमन गरेको थियो ।

रुमका झण्डै तीन सय घरधुरीका लागि खानेपानी वितरण गर्ने आयोजनाहरुको निरीक्षण गर्नुका साथै भएको कामको गुणस्तर समेत हेरीएको जिसस प्रमुख थापाको भनाइ छ । अनुगमनका क्रममा स्थानीय उपभोक्ताले निकै राम्रो काम गरेको उहाँको भनाई छ । त्यस्तै अनुगमनको क्रममा सडकमा भै रहेको कामको समेत स्थलगत रुपमै निरिक्षण गर्नुका साथै कामलाई तिब्र गतिमा अगाडी बढाएर तोकिएको समयमै सम्पन्न गर्न निर्माणको ठेक्का लिएका ठेकेदारलाई निर्देशन समेत गरिएको थियो ।

नेपाल स्वास्थ्यका लागि पानी र स्थानीय तहको पनि सहभागितामा सम्पन्न भएको खानेपानी योजनाले स्वच्छ पिउने पानी व्यवस्था गरेको स्थानीयको भनाई छ ।

ADVERTISEMENT

उक्त खानेपानी आयोजामा ठुलो रुम खानेपानी तथा सरसफाइ आयोजनामा २८ लाख ७४ हजार पाँच सय ३५ रुपियाँ जनश्रमदात, ५६ लाख ५८ हजार छ सय २१ रुपियाँ नेपाल स्वास्थ्यका लागि पानी(नेवा)को साथै मालिका गाउँपालिकाको २० लाख ३६ हजार दुई य ६८ रुपियाँका साथै उपभोक्ताले नौ लाख ३८ हजार नगद गरी कुल एक करोड १५ लाख सात हजार चार सय २४ रुपियाँमा निर्माण सम्पन्न भएको नेवाका प्राविधिक बिनोद कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनमा नौ लाख ३९ हजार आठ सय ८३ रुपियाँ बराबरको जनश्रमदान, नेवाबाट १६ लाख ४२ हजार छ सय ३१, मालिका गाउँपालिकाले सात लाख ३६ हजार सात सय ४४ तथा उपभोक्ताले दुई लाख ५५ हजार पाँच सय रुपियाँ नगद गरी कुल ३५ लाख ७४ हजार सात सय ५८ रुपियाँमा निर्माण सम्पन्न भएको छ ।

त्यस्तै बिलबाङ खानेपानी तथा सरसफाइ आयोजनाका लागि नौ लाख ३४ हजार एक सय १७ रुपियाँ बराबरको जनश्रम, १८ लाख ६७ हजार एक सय ६७ रुपियाा नेवा बाट, मालिका गाउँपालिकाबाट छ लाख ७२ हजार १२ तथा उपभोक्ताहरुले एक लाख ९२ हजार पाँच सय आठ रुपियाँ नगद गरी कुल ३६ लाख ६५ हजार आठ सय चार रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ ।

त्यसैगरी १५ किलोमिटर लामो अधिवरा टाक्से रुम खबाङ ताराखोला सडक स्तरोन्नतीका लागि संघिय सरकारको करोड २० लाख र गाउँपालिकाको लागत साझेदारीमा हुँदै गरेको स्तरोन्नतीको काम पनि अन्तीम चरणमा पुगेको छ ।

असार मसान्त सम्म सम्पन्न गर्ने गरि तिब्र रुपमा निर्माण कार्य भै रहेको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिनुभयो । दुई करोड ४० लाख लागत स्टमेट गरीएको उक्त सडकका लागि एक करोड ७७ लाख २१ हजार सात सय ३३ रुपियाँमा ठेक्का लागेको थियो । हाल सम्मको अवस्था हेर्दा ८५ प्रतिशत भौतिक प्रगति भएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दिपक सापकोटाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?