वासिङ्टन डिसी । मेक्सिकोविरुद्ध १-० को कठिन जित निकाल्दै भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनल प्रवेश गरेको छ । अमेरिकाको सोफी मैदानमा बिहीबार सलोमन रोन्डनले गरेको एकमात्र गोल भेनेजुएलालाई जित दिलाउन पर्याप्त बन्यो । उहाँले खेलको ५७औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभयो ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा ओर्बिलिन पिनिडा पेनाल्टीमा चुक्दा मेक्सिकोले बराबरी गर्न चुकेको थियो । जितसँगै दुई खेलमा ६ अंक जोडेको भेनेजुएला समूह ‘बी’ को शीर्ष स्थानमा छ ।
पराजित मेक्सिको समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । पहिलो खेलमा भेनेजुएलाले इक्वेडरलाई २-१ तथा मेक्सिकोले जमैकालाई १-० ले पराजित गरेका थिए । यही समूहको अर्को खेलमा इक्वेडरले जमैकाविरुद्ध ३-१ को सहज जित निकाल्यो । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts