काठमाडौं । आईसीसी टी२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले खराब ब्याटिङ गरेको छ।
सनसनीपूर्ण प्रदर्शन गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानलाई टिक्न दिएन। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोड्न सकेको हो।
दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका छन्। कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट हात पारे।
अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो। रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाएको थियो। गुलबदिन नायबले ९ रन, अजमातुल्लाह उमरजाईले १० रन बनाए भने नङ्गेलिया खरोटेले दुई रन मात्र जोड्न सके।
अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन नै बनाए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भए भने नवीन उल हकले मात्र दुई रन बनाए।
समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलमा कमजोर सावित भएको हो। ५७ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गर्दैछ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts