एजेन्सी । क्रिकेटमा प्रयोग हुने डकवर्थ लेविस स्टेर्न (डिएलएस) पद्धतिका सह-आविष्कारक फ्रांक डकवर्थको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो ।
मौसमका कारण क्रिकेट खेल प्रभावित बन्दा हाल यसै पद्धतिको प्रयोग गरी नतिजाको निर्णय हुँदै आएको छ । उहाँ सन् २०१४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को तथ्यांकविद् सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
खेलमा उहाँको समर्पणको कदर गर्दै सन् २०१० मा ‘मेम्बर अफ दी अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबिई) बाट सम्मानसमेत गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts