मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा नेपाली जनसम्पर्क समिति मेलबर्नले प्रजातन्त्र सेनानी सम्मान गरेको छ । जनसम्पर्क समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानी दुर्गा आचार्य र नारायण काफ्लेलाई सम्मान गरेको हो । सम्मन तथा भेटघाट कार्यक्रमको आयोजना गरेको नेपाली जनसम्पर्क समितिले पहिलो पटक विदेशमा बस्ने प्रजातन्त्र सेनानीलाई सम्मान गरेको हो ।
नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा सम्पनन सम्मान सम्मान तथा भेटघाट कार्यक्रमको सभापतित्व मेलबर्नका सभापति दिनेश बञ्जाराले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि दाहालले नेपालको प्रजातान्त्रीक आन्दोलनलाई परिणाममुखी बनाउन प्रजातन्त्र सेनानीहरुले गरेको त्याग र बलिदानीको चर्चा गर्नु भएको थियो ।
उहाँले देश विदेश जहाँ भए पनि प्रजातन्त्र सेनानीलाई नेपाली माटोले सधंै सम्झिरहने बताउनु भयो । लायन्स क्दब अफ इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रजातन्त्र सेनानीहरुको सम्मान कार्यक्रममा भाग लिन असार ३ मा अष्ट्रेलिया प्रस्थान गर्नु भएका दाहाल २९ असारसम्म त्यही रहने कार्य तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच