काठमाडौं । हिमालय टाइम्सकर्मी रविन्द्र बाराही सम्मानित हुनुभएको छ । न्युजलाइन्स मिडियाको ९औँ वार्षिकोत्सवका अवसरमा बाराही सम्मानित हुनुभएको हो । उहाँलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान पत्रसहित सम्मानित गर्नुभएको हो । बाराही हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख हुनुहुन्छ ।
बाराहीसहित राज्य दैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक तथा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान-सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, ऐक्यबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे र रेड मिडियाकी सञ्चालक विष्णुमाया पौडेल पनि सम्मानित हुनुभएको छ ।
त्यस्तै पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल, हरेराम कार्की र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाइन्स राजेशदास हिमालय, प्रेम पुरी र कुमारी बाठा मगर पनि सम्मानित हुनुभएको छ । उहाँहरू सबैले प्रथम उपराष्ट्रपति झाको हातबाट सम्मान ग्रहण गर्नुभएको हो ।
न्युजलाइन्स मिडियाले आफ्नो वार्षिकोत्सवका अवसरमा सञ्चारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक र समाजसेवीहरूलाई सम्मान गरेको थियो । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्व र मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित हुनुभएको थियो । झाले वार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै न्युजलाइन्स मिडियाले सञ्चार क्षेत्रमा आफ्नातर्फबाट योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयोे । उहाँले आज जो–जो व्यक्ति सम्मानित भए उनीहरूले गरेको योगदानका आधारमा छनोट भएको पनि विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै झाले मिडियाको शक्तिले नै राज्य संयन्त्रलाई सही दिशामा ल्याउन सक्ने बताउनुभयो । त्यसका लागि मिडियाले सत्यमा आधारित रहेर कलम चलाउनुपर्ने पनि सुझाव दिनुभएको थियो ।
‘सञ्चार माध्यम समाजको दर्पण हो । यसले सत्य र तथ्य उजागर गर्दै देशको समृद्धिमा टेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छ । न्युजलाइन्स मिडियाले नौ वर्षको यात्रामा जुन इमानदारी र प्रतिबद्धता देखाएको छ, त्यसले यसको विश्वसनीयता अझै माथि पुर्याएको छ । मिडियाले नै राज्य संयन्त्रलाई सही दिशामा ल्याउन सक्छ । त्यसकारण सधैँ सत्यमा आधारित रहेर कलम चलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकार रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा, वरिष्ठ पत्रकार निलकण्ठ तिवारीलगायत अतिथिहरूले न्युजलाइन्स मिडियाको योगदानको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts