वासिङ्टन डिसी । कोपा अमेरिका फुटबल प्रतियोगितामा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ । शनिबार बिहान खेलिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवैले एक-एक अंक बाँडेका छन् ।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक-एक खेल खेलिसकेका छन् । तीन अंकसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा छ । एक अंकसहित पेरु दोस्रो र समान अंक बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अंक जोड्न सकेको छैन । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts