काठमाडौं । नेपालका तीन क्रिकेटर– रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने हुनुभएको छ ।
कप्तान रोहितले टोरन्टो नेशनलबाट खेल्ने हुनुभएको छ। उहाँको यो पहिलो ग्लोबल टी–२० क्यानडा लिग हो ।
यस्तै, दीपेन्द्र र सन्दीपले भ्यान्कोभर नाइट्सबाट खेल्नु हुनेछ । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेल्नु भएको थियो ।
कप्तान रोहितले पहिलोपटक ग्लोबल टी–२० क्यानडा लिग खेल्न लाग्नु भएको हो । यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा