बर्लिन । इटालीलाई हराउँदै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटालीलाई १-० ले हराएको हो । सर्वाधिक तीन पटकको युरोकप विजेता स्पेनले एकमात्र गोल उपहार पाएको थियो । खेलको ५५औं मिनेटमा दुई पटकको विजेता इटालीका निको विलियम्सको क्रसमा इटालियन डिफेण्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै पोष्टमा छिरेपछि स्पेनले गोल उपहार पाएको थियो ।
अन्तर्राष्ट्रिय फूटबलमा यी दुई टोली प्रमुख प्रतिद्वन्द्वी मानिन्छन् । यसअघिको युरोकपमा स्पेनलाई नै हराएर इटालीले फाइनल यात्रा तय गरेको थियो । युरो कप २०२४ को उपाधि दाबेदार इंग्ल्याण्डले डेनमार्कसँग अंक बाँडेको छ । बिहीबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले डेनमार्कसँग १-१ को बराबरी खेलेको हो । पहिलो खेलमा सर्वियाविरुद्ध जित हासिल गरेको इंग्ल्याण्ड दोस्रो खेलमा डेनमार्कविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।
१८औं मिनेटमा कप्तान हृयारी केनले गोल गर्दै इंग्ल्याण्डलेलाई अग्रता दिलाउनुभएको थियो । ३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । क्यास्पर हृयुमलण्डले डेनमार्कका लागि बराबरी गर्नुभयो । यससँगै इंग्ल्याण्डको दुई खेलमा चार अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान दुई खेलमा समान दुई अंक नै छ भने सर्बियाको एक अंक छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता