काठमाडौं । हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५-१८ ले पराजित गर्यो । हिमरश्मिकी निमा तामाङले आठ अंक जोडनुभयो ।
जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३२-२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१-१५, सेबले जीवन ज्योतिलाई २३-२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०-१६, गोल्डेनपिकले हिमरश्मिलाई २३-१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५-२० र एन्जल्स हार्ट ‘बि’ ले फ्लोरोसेन्टलाई १५-१४ ले हराए ।
किङडमका जिग्मे लामाले १५, एन्जल्स हार्ट ‘ए’ का रुपेश पौडेलले १०, सेबका जीवन खत्रीले ७, ग्रिनल्यान्डका विशाल केसीले ८, गोल्डेन पिकका मिङमार शेर्पाले ५, लालीगुराँसका अरुण लामाले ७ र एन्जल्स हार्ट ‘बि’ का विवस वाइबाले ५ स्कोर गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता